२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७८३ जनाको पीसीआर परीक्षणमा २ हजार ४६७ र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १४४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ३, ओखलढुंगामा ४, खोटाङमा ३, झापामा २३६, ताप्लेजुङमा १, तेह्रथुम ३, धनकुटामा १७, भोजपुरमा ३, मोरङमा ४२, संखुवासभामा ५, सोलुखुम्बु ५ र सुनसरी १७० जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २, पर्सामा ३,  बारामा ८, महोत्तरीमा १९, रौतहटमा १३, सप्तरीमा ३ र सर्लाहीमा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५५६, काभ्रेमा २२, चितवनमा ८२, दोलखामा ५, धादिङमा १४, नुवाकोटमा २३, भक्तपुरमा ७६, मकवानपुरमा १०४, रसुवा २, रामेछापमा ११, ललितपुरमा १८७, सिन्धुपाल्चोकमा ८ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३३३, गोरखामा ४०, तनहुँमा १९, नवलपरासी पूर्वमा ५८, पर्वत ६,  म्याग्दी १०,  लमजुङमा १०, बागलुङमा ५ र स्याङजामा २६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १६, कपिलवस्तुमा ८, गुल्मीमा १०, दाङमा १०, नवलपरासीमा १२, पाल्पामा २४, प्यूठानमा ५, बर्दियामा १०, बाँकेमा १३ र रुपन्देहीमा ५७ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ३, जुम्ला १६, दैलेखमा २, रुकुम पश्चिममा ३, सल्यानमा १ र सुर्खेतमा ७१ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ६, कैलालीमा २४, डडेल्धुरामा ४, डोटीमा २ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ३७ बजे

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरीले भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको