अर्घाखाँचीमा भोलिदेखि पूर्णकालीन निषेधाज्ञा « Khabarhub

अर्घाखाँचीमा भोलिदेखि पूर्णकालीन निषेधाज्ञा


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गर्न लागिएको हो ।

राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा अहिलेसम्म ५४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोभिडका २६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्य मापदण्ड पालना नहुनुलगायतका कारण कोरोना सङ्क्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताउनुभयो । आजभन्दा एक हप्ताअघि ६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएकामा आज बुधबारसम्म २६ जना कोभिडका बिरामी भर्ना भएको र उपचार भइरहेको डा गौतमको भनाइ छ ।

अस्पातलमा बिरामी राख्ने समस्यासमेत सिर्जना भएको छ । सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : १५ बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री