परिवार भित्रको विवाद हल नहुँदा पल्टु रविदासले मृत्यु रोजे | Khabarhub Khabarhub

परिवार भित्रको विवाद हल नहुँदा पल्टु रविदासले मृत्यु रोजे

न्याय माग्दै प्रदर्शन


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडाका पल्टु रविदासका तीन दाजुभाइ छन् । पल्टु माइलो हुन् । उनीहरू तीनै जना बेरोजगार छन् । काम पाए गाउँमै दैनिक ज्याला मजदुरीमा गर्छन्, नपाए कुनै धनी व्यक्तिको काममा स्वइच्छाले सघाउँछन् ।

काम सघाएबापत साँझ मदिरा सेवनको लागि पैसा माग्छन्, मदिरा खान्छन् । मजदुरीमा कमाएको पैसाले घर खर्च चलाउँथे, नपुगेको बेला स्थानीय साउसँग ऋण लिने गर्थे ।

‘घरमा भोकमरी थेगी नसक्नु छ । सम्पत्तीको नाममा दुई धुर घडेरी र त्यसमा ठाडिएको फुसको झुपडी बाहेक केही छैन्,’ वडाध्यक्ष गणेश यादवले उनको परिवाकि अवस्था बारे जानकारी दिँदै भने, ‘उनीहरू मदिरा खाएर दैनिक जसो विवाद गर्ने गर्थे । सानो सानो कुरामा झगडा गर्थे ।’

उनका अनुसार गत चैतमा सँधै झै त्यही घटना दोहोरियो । त्यो घटनाले पल्टु ज्यान गुमाउन बाध्य भए ।

स्थानीय सरोजकुमार यादवका अनुसार चैत ११ गते गाउँमै काम गरेर पल्टु घर पुगे । थकाई मार्न मदिरा सेवन गरे । साँझ घर पुग्दा भाइ अघनु रविदाससँग ह्याण्ड पाईप (कल) सरसफाई र मर्मत सम्भार गर्ने विषयमा विवाद भयो ।

दुबै दाजुभाइले मदिरा सेवन गरेका थिए । मदिराको तालमा दुबै जनाको विवादले उग्ररुप लियो । पल्टुले भाइलाई काठको मुग्रोले प्रहार गर्न खोजे । अघनुले प्रतिकार गर्दै, अलि पर पुगेर दाइ पल्टुलाई तथानाम गाली गरे । आवेशमा आएर पल्टुले मुग्रोले भाइ अघनुको टाउकोमा हिर्काए । अघनु बेहोस भए, टाउकोबाट रगत बग्न थाल्यो ।

अघनुको उपचार गर्न विराटनगर न्युरो अस्पताल पठाइयो । तर, गाउँमा भने घटनाको विषयमा राजनीतिकरण भयो । तत्कालिन नेकपा समर्थक स्थानीय नेता लालजी यादवले अघनुलाई मुद्दा गर्न उकसाउन थाले । काँग्रेस पक्षका नेताहरूले पल्टुलाई बचाउन गर्न थाले । तर, मेलमिलाप गर्ने प्रयास कसैले गरेनन् ।

अघनु अस्पतालबाट डिस्चार्ज भएर आएपछि स्थानीय नेता लालजी यादवको सहयोगमा दाइविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा कुटपीट तथा अङ्ग भङ्ग मुद्दा दर्ता गराए । मुद्दा दर्ता भएपछि पल्टु फरार भए । प्रहरीले गत असार २२ गते पल्टुलाई पक्राउ गरे ।

म्याद थप गरी अदालतमा हाजिर गराए । गत बुधबार अदालतले दुई लाख रुपैयाँ जरिवाना सुनायो । जरिवाना रकमको जोहोमा पल्टुकी श्रीमती रेनु रविदासले स्थानीय साउलाई गुहारे पनि पैसा पाइनन् । ‘कुनै पनि साहुँले पैसा दिन मानेका थिएनन् । एक जना साउँसँग ३६ प्रतिशत ब्याज दरमा ५० हजार रुपैयाँ ऋण लिएको थिएँ,’ उनले भनिन्, ‘अरु पैसाको जोहो गर्दै थिएँ । पैसा पुगेपछि छुटाउन जान्छु भने सोचेको थिए । तर अहिले यस्तो भयो ।’

हिरासतमै गरे आत्महत्या

पल्टुले बिहीबार राति ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमै आत्महत्या गरे । थुनुवा कक्षको शौचालयमा इनर (कपडा)ले पासो लगाएर उनले आत्महत्या गरेको पाइएको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले डिप्रेसनमा आएर उनले आत्महत्या गरेको बताए । बाल्टिनमा उभिएर भेन्टिलेसनमा पासो लगाई उनले आत्महत्या गरेको देखिएको छ । तीन दिनपछि जरिवाना तिरेर उनलाई छुटाउने योजना त्यसै गयो । प्रहरीले मानव अधिकारकर्मी, स्थानीय जनप्रतिनिधि र परिवारजनको रोहबरमा शव निकाल्यो र प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गर्न पठायो ।

हत्याको आशंका

परिवारजनले भने हत्याको आरोप लगाएका छन् । प्रहरीले विपक्षीसँग आर्थिक चलखेल गरी हिरासतमै हत्या गराएको परिवार सदस्यको आरोप छ ।

मृतक पल्टुकी श्रीमती रेनु रविदासले श्रीमानको हत्या भएको दावी गिरिन् । हत्याको अशंका गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी प्रर्दशनसमेत गरेका छन् । उनीहरूले स्थानीय नेता लालजी यादव र प्रहरीविरुद्ध चर्को नारबाजीसमेत गरेका छन् ।

शोकमा परिवार

पल्टुले आत्महत्या गरेपछि परिवार शोकमा डुबेको छ । श्रीमती रेनु श्रीमान सम्झिएर भाकानिएर रुन्छिन् । पटक पटक मुर्छित हुन्छिन् । होस आएको बेला अन्याय भएको भन्दै बर्बराउँछिन् ।

छोराछोरी पाल्ने चिन्ताले उनलाई निकै साताएको छ । पल्टुले पहिली श्रीमतीको मृत्यु भएपछि रेनसँग दोस्रो बिहे गरेका थिए। उनीहरुका दुई नाबालक छोरी छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १ : १८ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले