अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी रुपमा मनाइँदै | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी रुपमा मनाइँदै


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय युवा परिषद्ले ‘यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस’ साताव्यापीरुपमा मनाउने भएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो ।

दिवसलाई सफल पार्न युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति र परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलको अध्यक्षतामा सचिवालय समारोह गठन गरिएको छ ।

परिषद्ले युवाको नेतृत्व विकासका लागि दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । दिवस यही साउन २८ गते (अगस्ट १२) तारिखका दिन मनाइँदै छ । परिषद्का उपाध्यक्ष ढुङ्गेलका अनुसार यही साउन १८ गतेदेखि युवाका नीतिसम्बन्धी अन्तक्रिया, वतृत्वकला, रक्तदान, वृक्षरोपण, लोकदोहरी प्रतियोगिता गरिने छ ।

दिवसका दिन परिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा भव्य कार्यक्रम गर्ने भएको उनले जानकारी दिए । उनले कोरोना भाइरसका कारण यसपटक पनि भर्चुअलरुपमा दिवस मनाउन थालिएको बताए ।।

दिवस मनाउनका लागि ७७ जिल्ला युवा समिति र राष्ट्रिय युवा सञ्जाललाई निर्देशन दिइसकेको जानकारी दिए । जिल्लास्तरमा युवासम्बन्धी गतिविधि गरेर दिवस मनाइने गरिन्छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरुपमा परिषद्को अगुवाइमा २०७३ सालदेखि मनाउन थालेको हो ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ । सरकारले २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : १५ बजे

आफूसँग प्रतिस्पर्धा गर्न तयार पूर्वराष्ट्रपतिलाई रोक्ने ओलीको प्रस्तावमा एमालेले लगायो ‘लालमोहोर’

काठमाडौं- नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

ओलीले विद्यालाई रोक्ने घोषणा गर्दा एमाले बैठकमा विरोध र हो-हल्ला, मध्यरातमा सकियो समापन भाषण

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई

ओली र पोखरेलको चेतावनीबीच पनि विद्या भण्डारीको पक्षमा उभिए केन्द्रीय सदस्यहरू

काठमाडौं- नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्या

राजनीतिमा फर्किने पूर्वराष्ट्रपतिको प्रयासलाई स्वीकारेनन् ओलीले, पार्टीले निर्णय नगरी सदस्यता नवीकरण नहुने घोषणा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको