एनआरएनए साउदीको अध्यक्षमा यादव | Khabarhub Khabarhub

एनआरएनए साउदीको अध्यक्षमा यादव


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको अध्यक्षमा डम्बर कुमार यादव निर्वाचित भएका छन् ।

अर्का प्रतिस्पर्धी रोशन श्रेष्ठलाई हराउदै यादव २०२१-२०२३ कार्यकालको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अनलाइन मार्फत भएको मतदानमा यादवले २२५ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी श्रेष्ठले २४ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।

संयोजक अर्यालका अनुसार मोबाइल एसएमएस र इमेलबाट कुल ३७६ मत खसेको थियो ।  खसेको मतमध्ये ९ मत बदर भएको थियो भने बाँकी ११८ मत निर्धारित समय सकेपछि अनाधिकृत फोन नम्बर र इमेल आएका हुनाले मान्यता नदिएको उनले बताए ।

त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुब रिजाल, उपाध्यक्ष रबिना अर्याल, रामबहादुर क्षेत्री, अर्जुन थापा र भक्तवीर राई निर्विरोध चयन भएको समितिले जनाएको छ । महासचिवमा उमेश भट्टराई, सचिवमा कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सत्य केसी चयन भएका छन् ।

सदस्यहरुमा शुक्र लामा, मुकेश कुमार शिह, मधु सुदन अर्याल, नरेश कुमार यादव र गणेश अर्याल चयन भएका छन् । आईसीसी सदस्यमा वर्तमान अध्यक्ष तेज बहादुर थापा निर्विरोध चयन भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : १० बजे

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने