कोरोनो संक्रमणबाट विदेशमा थप ३९ नेपालीको मृत्यु | Khabarhub Khabarhub

कोरोनो संक्रमणबाट विदेशमा थप ३९ नेपालीको मृत्यु


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कारोना भाइरसको संक्रमणले पछिल्लो तीन सातामा विदेशमा थप ३९ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार संक्रमणबाट मलेसियामा ३७ जना, इराक र युगान्डामा १/१ गरी थप ३९ नेपालीको मृत्यु भएको हो ।

कोरोना संक्रमणले अहिलेसम्म भारतसहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ नेपालीको मृत्यु भएको संघले जनाएको छ । इराकमा पहिलो पटक कोरोनाले १ नेपालीको ज्यान गएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण भएको छ । तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा.सञ्जिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : १५ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच