राष्ट्रिय भूकम्प सुरक्षा दिवस : पीडितका पीडा उस्तै « Khabarhub

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : पीडितका पीडा उस्तै


२ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । वि. सं. १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

२०७२ साल बैशाख १२ गते गएको अर्को ठूलो भूकम्पले पु¥याएको क्षतिबाट मुलुक अझै सम्हालिन सकेको छैन । भूकम्पमा परी झण्डै १० हजार नागरिकले ज्यान गुमाएका थिए । हजारौं अंगभंग र घाइते तथा लाखौं नागरिक एकसाथ घरवारविहीन बनेका थिए । बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । पुनर्निर्माण प्राधिकरणमा भइरहेको राजनीतिकरणले वास्तविक पीडितसमक्ष राज्यको उपस्थिति हुन सकेको छैन ।

भूकम्प गएको झण्डै चार वर्ष हुन लाग्दा पनि भूकम्प प्रभावितलाई दिइने भनिएको अनुदान रकम सबैमा पुगेको छैन । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभयएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको जानकारी दिनुभएको हो ।

यसैबीच गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा बादलले भूकम्प पीडितहरुको पुनःस्थापना र जीवनरक्षाको सवालमा सरकार दृढ संकल्पित रहेको बताउनुभएको छ । उहाँले राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा बोल्दै भूकम्पबाट नागरिकको जीवनरक्षाका लागि आफू सदैव प्रतिबद्ध भएको बताउनुभयो ।

उहाँले भूकम्पबाट पीडितलाई सहयोग गर्नु संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी भएको भन्दै नागरिकको जीवनरक्षाका लागि सबै क्षेत्रले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ११ : २८ बजे

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे