रोकिएन मेलम्चीको बाढी, थप सात घर बगायो « Khabarhub

रोकिएन मेलम्चीको बाढी, थप सात घर बगायो


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ ।

गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको  हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पूरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए ।

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

उनका अनुसार बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी  पुल जोखिममा परेका छन् । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : २५ बजे

युद्धविराम प्रयासबीच पनि लेबनानमा इजरायली आक्रमण जारी, सात जनाको मृत्यु

बेरुत – संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयासबीच

गर्मी बढेपछि महोत्तरीका विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी– महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको

हुम्लामा आगलागीबाट २० लाख बराबरको क्षति

हुम्ला– गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि