‘नेपाल मिडिया अवार्ड’को तयारी « Khabarhub

‘नेपाल मिडिया अवार्ड’को तयारी


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड–२०७८’ आयोजना हुने भएको छ । गत वर्ष ‘नेफ्टा फिल्म अवार्ड’को सह–आयोजक रहेको ड्रिम हाई नेपालले मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका निर्देशक कमल जिसीले मिडियाका विविध स्वरुप र विधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको बताए । अवार्ड आगामी मंसीरमा गरिनेछ ।

आयोजकका अनुसार ‘सेलिब्रेटिङ विथ चेञ्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड नेपालमा सञ्चलानमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिनेछ ।

मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने आयोजक संस्थाको भनाइ छ ।

तीन वर्षअघि स्थापना भएको ड्रिम हाई नेपालले यसअघि सांगीतिक समुह नेपथ्यको लाइभ कन्सर्ट, अभिनेता अनमोल केसीको कन्सर्ट तथा नेफ्टा फिल्म अवार्ड जस्ता ठूला समारोहहरु आयोजना गरिसकेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : ३० बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग