काठमाडौँको विजेश्वरीबाट २१ जुवाडे पक्राउ | Khabarhub Khabarhub

काठमाडौँको विजेश्वरीबाट २१ जुवाडे पक्राउ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जुवा खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौँको विजेश्वरी क्षेत्रबाट ६ लाख ४ हजार रुपैयाँसहित २१ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सुचनाका आधारमा मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २१ जनालाई काठमाडौँ महानगरपालिका वडा नम्बर १५ बिजेश्वरी क्षेत्रबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार हारजित हुने गरी ओखर खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। उनीहरू बिजेश्वरीस्थित प्रकाश शाहीको घरको चौथो तलामा बसेर खेलिरहेका थिए।

त्यहाँबाट २१ जनालाई प्रहरीले ६ लाख ४ हजार रुपैयाँ सहित पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ११ बजे

लिपुलेकमा भारत-चीन सम्झौताविरुद्ध क्रान्तिकारीले बाल्यो मसाल (तस्बिरहरू)

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारत

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा अनिकालको घोषणा

रोम- संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ।

जेलेन्स्कीसँग ‘कुनै पनि बैठकको योजना’ नबनेको रुसको भनाइ

मस्को- रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको रूसले

समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले

भारतमा अनलाइन जुवा प्रतिबन्ध

नयाँ दिल्ली– भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्ण