राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठले भने– संसद विघटनमा ओलीमात्र जिम्मेवार होइनन् | Khabarhub Khabarhub

राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठले भने– संसद विघटनमा ओलीमात्र जिम्मेवार होइनन्


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद विघटनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमात्र जिम्मेवार नभएको बताएका छन् ।

आजको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नेता श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताए । उनले एक वा अर्को रुपमा त्यसअघिका सरकार तथा नेताहरू पनि जिम्मेवार रहेको बताएका छन् ।

बैठकमा नेता श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’

नेता श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताएका छन् ।

उनले प्रारम्भिक तथ्यहरुका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताए । उनले भने, ‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ।’

घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्नुका साथै हेपाहा प्रवृत्ति नदोहोर्‍याउनु पर्ने उनको माग छ ।

छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा सम्वाद गर्ने र आवश्यक पर्दा अडान लिने सरकारको बाटो ठीकै भएको उनले बताए । तर प्रतिवेदन ल्याउन ढिला गर्न नहुने भन्दै उनले भने, ‘प्रतिवेदन छिटो ल्याएर भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई राहतका लागि तत्काल कदम चालोस् ।’

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले आफूहरुले अहिले पनि भारतसँग असल मैत्रपूर्ण सम्बन्ध कायम होस् भन्ने चाहेको बताए । दुई देशबीच रहेका समस्या वार्ता र सम्वादको बाध्यमबाट हल गर्न चाहेको पनि उनले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  २ : २३ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र