मुलुकलाई वैकल्पिक मार्गबाट अघि नबढाए दुर्घटना : कमल थापा « Khabarhub

मुलुकलाई वैकल्पिक मार्गबाट अघि नबढाए दुर्घटना : कमल थापा


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति स्थायित्व र समृद्धि तर्फ नजाने बताएका छन् ।

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाईदिएको भारी भएको बताउँदै बैकल्पिक मार्ग आवश्यक भएको बताएका हुन् ।

नेपालको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउने भन्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र , सनातन हिन्दु राष्ट्र र स्थानिय स्वायत्त शासनमा आधारित विकेन्द्रीत शासन प्रणाली मुलुकको निम्ति आवश्यक भएको बताए ।

स्पष्ट विचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेता/कार्यकर्ता पार्टीको पुँजि भएको भन्दै उनले इमान्दारीतापूर्वक निर्वाचनमा केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।

विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न स्वाधीनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको थापाको तर्क थियो ।

आजको भर्चुअल बैठकमा गण्डकी सहित प्रदेश ५, ६ र ७ प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ५ : २८ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया