गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यले लिए शपथ | Khabarhub Khabarhub

गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यले लिए शपथ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त भएका योगेन्द्र गौचनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उनलाई शपथ ग्रहण गराएका हुन् ।

समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।

गण्डकी प्रदेश सरकारले यही साउन १५ गते बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–८ का गौचनलाई लोकसेवा आयोगको सदस्यमा नियुक्ति गरेको थियो ।

गौचनको नियुक्तिसँगै गण्डकी प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको प्रदेशका प्रमुख सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आयोगको सदस्यमा कल्पना लम्साल नियुक्त भई सकेकी छिन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : २२ बजे

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार