जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रु अलपत्र « Khabarhub

जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रु अलपत्र


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध रहेको छ ।

गत आइतबारदेखि अवरुद्ध बनेको राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण बैतडीको पाटन नगरपालिका–८ झौलेकमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग पुनः सञ्चालनका लागि भासिएको सडकलाई भत्काएर पर्खाल लगाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

“वर्षाका कारण पर्खाल लगाउने कार्य प्रभावित भएको छ”, उनले भने, “पर्खाल नलगाउँदासम्म सडक सञ्चालन गर्न सकिने अवस्था छैन, पर्खालको निर्माण सम्पन्न हुन अझै एक दुई दिन लाग्ने देखिएको छ ।”

चार दिनदेखि राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका १०० भन्दा बढी सवारी साधन ठप्प रहेका छन् । सवारी साधन ठप्प हुँदा यात्रु पनि अलपत्र परेका छन् ।

यस्तै बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिकालगायत ठाउँबाट अन्यत्र जाने यात्रु पनि मार्कामा परेका छन् । वर्षातको समयमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ४५ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको