आमिरसँग हैन, हलिउडको यो फिल्मसँग डराए अजय देवगन ! | Khabarhub Khabarhub

आमिरसँग हैन, हलिउडको यो फिल्मसँग डराए अजय देवगन !


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अजय देवगन ती अभिनेतामा एक हुन्, जसको फिल्मले शानदार कमाइ गर्ने गर्छन् । यही कारण उनका फिल्मका आसपास अरु मेकर्स फिल्म लिएर आउँदैनन् । अजयसँग फिल्म जुधाउने आँट कमै मात्र मेकर्स गर्छन् । बक्स अफिसमा आमिर खान र अजय देवगनको भिडन्त हुन सक्छ । तर, यतिबेला भने अजय देवगनको रियाक्सन अगाडि आएको छ ।

भारतीय एक मिडियाले अजय र आमिरको फिल्मको टक्करलाई लिएर प्रश्न सोधेको थियो, यसमा उनले फिल्मको रिलिज मितिलाई लिएर निर्णय गर्ने काम निर्देशकको भएको बताए । बरु उनले हलिउड फिल्म ‘अवतार २’ का बारेमा बताए ।

उनले त्यो समय आमिर र आफ्नो फिल्मसँगै सो समयमा रिलिज हुने ‘अवतार २’ को कुरा गरे । यदि त्यस्तो भइहाल्यो भने दुई हिन्दी फिल्ममध्ये एक भाग्नुपर्छ, किनकि ‘अवतार २’ विश्वव्यापी चर्चा कमाएको फिल्म हो ।

अजय देवगन ‘लभ रञ्जन’ फिल्ममा रणवीर कपूरका साथ देखिने चर्चा छ । यो फिल्मको नाम अरु पनि रहन सक्नेछ । फिल्मका बारेमा अन्य कुरा खोलिएको छैन । तर ‘अवतार २’ आउने मितिमा आमिर खानको फिल्म पनि आउने चर्चा छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ३ : ४६ बजे

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन