नेपालसहितका ६ देशका नागरिकलाई यूएई प्रवेश खुला, कस्ता व्यक्तिले पाउँछन् जान ? « Khabarhub

नेपालसहितका ६ देशका नागरिकलाई यूएई प्रवेश खुला, कस्ता व्यक्तिले पाउँछन् जान ?



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) ले (कोभिड–१९) विरूद्ध पूर्ण खोप लगाएका यात्रु तथा यूएईमा आवासीय अनुमति पत्र (भिसा) भएका नेपालसहित ६ देशका व्यक्तिलाई प्रवेश अनुमति दिने निर्णय गरेको छ ।

यूएईले तोकिएको मापदण्ड पूरा गरेका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा नागरिकलाई प्रवेश अनुमति दिएको हो । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएईले आजदेखि लागू हुने गरी नेपाली नागरिकलाई यूएई प्रवेश खुला गरेको जनाएको छ । यूएईले लामो समय देखि नेपाललगायत १६ देशका यात्रुलाई प्रतिबन्ध लगाएको थियो।

यी हुन् नयाँ मादपण्ड

१. यूएईको आवासीय भिसा भएका र यूएईमा कोभिड-१९ विरुद्धको दुवै मात्रा खोप लगाई सोको प्रमाणपत्र लिएका ।

२. यूएईको आवासीय भिसा भएका तर खोप नलगाएका निम्न व्यक्तिहरू-

– यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति,

– यूएईमा कार्यरत स्वास्थ्यकर्मी,

– यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक,

– यूएईमा उपचार चलिरहेका व्यक्ति,

– विशेष मानवीय परिस्थिति भएका व्यक्ति ।

यस्ता छन् प्रक्रिया

१. यूएईको Federal Authority for Identity and Citizenship बाट यूएई प्रवेशका लागि अनुमति लिनुपर्ने ।

२. ४८ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्ने ।

३. नेपालको विमानस्थलमा Rapid Test हुने ।

४. यूएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने ।

५. क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नु पर्नेछ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ८ : २५ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको