अमेरिकामा आगामी चार हप्ता कोभिड सङ्क्रमित र मृत्यु हुने दर बढ्न सक्ने « Khabarhub

अमेरिकामा आगामी चार हप्ता कोभिड सङ्क्रमित र मृत्यु हुने दर बढ्न सक्ने


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्ने देखिएको छ ।

पछिल्ला केही समयमा सङ्क्रमण बढेपछि कतिपय राज्यमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ ।

त्यसैगरी कतिपय अस्पतालमा कोभिड सङ्क्रमित बढेका समाचार पनि आइरहेका बताइएको छ । अमेरिकी संस्था “सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन”ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका सङ्क्रमित बढ्न सक्ने बताइएको छ ।

सो संस्थाका अनुसार आगामी चार हप्तामा यहाँका अस्पतालमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्ति मृत्यु दर पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

सो संस्थाले बुधबार विज्ञप्ति प्रकाशसित गर्दै कोभिडको सङ्क्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकोले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ ।

आगामी चार हप्ता अर्थात् अगष्ट महिनाको २८ तारिखसम्ममा दुई हजार ३०० देखि बढीमा नौ हजारसम्म मृत्यु हुने सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यी चार हप्तामा बढीमा २४ हजार जना जति सङ्क्रमित अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने पनि सो संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै आगामी चार हप्तामा अमेरिकामा तीन लाख ५० हजार देखि १८ लाखसम्म नै नयाँ सङ्क्रमित थपिन सक्ने पनि जानकारी दिइएको छ ।

बुधबारसम्म यहाँ छ लाख १४ हजार ७०० जनाको निधन भएको छ । यहाँ पछिल्लो समयमा मृत्यु हुने दर निकै घटे पनि सङ्क्रमित भने थोरै मात्र थपिने अनुमान गरेको छ ।

केही दिन यता यो सङ्क्रमण दर बढ्दै गएको देखिए पनि हालसम्म अमेरिकामा ३५.४ जना कोभिडका सङ्क्रमित हुन पुगेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  २ : ४५ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी