तराईका चार जिल्लामा जसपा ठाकुर पक्षको विस्तारित बैठक « Khabarhub

तराईका चार जिल्लामा जसपा ठाकुर पक्षको विस्तारित बैठक


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगबाट आधिकारिकता गुमाएको जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले आज तराईका चार जिल्लामा विस्तारित बैठक गर्ने भएको छ।

बैठकलाई केन्द्रीय र जिल्लाका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका केन्द्रीय सदस्य केशब झाले जानकारी दिए। उनका अनुसार सप्तरीमा राजेन्द्र महतो, केशब झा, बृषेश चन्द्र लाल, राजिव झाले सम्बोधन गर्नेछन्।

त्यस्तै सिरहामा, अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनले सम्बोधन गर्नेछन्। त्यसैगरी महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउत र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महन्थ ठाकुरले बुधबार राति अपिल जारी गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवका कमिकमजोरी के-के छन् भन्ने कुरा जनताले थाहा पाउनुपर्छ भन्दै जनतामाझ जान लागेको सार्वजनिक गरेका थिए।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि नयाँ पार्टी गठनको तयारीस्वरुप ठाकुर पक्षले पार्टीका अगुवा कार्यकर्ताको उपस्थितिमा पार्टीको विस्तारित बैठक गर्न लागेको हो।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : ३६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६