नेपाली बजारमा चेरी कार भित्रिँदै, वितरकमा एसपीजी अटोमोबाइल्स नियुक्त | Khabarhub Khabarhub

नेपाली बजारमा चेरी कार भित्रिँदै, वितरकमा एसपीजी अटोमोबाइल्स नियुक्त


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व चर्चित अटोमोबाइल ब्राण्ड चेरी नेपाली बजारमा भित्रिँदै छ । सो कम्पनीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स प्रालिलाई नियुक्त गरेको छ ।

उक्त गाडी नेपालमा चाँडै नै सञ्चालनमा आउने कम्पनीले जनाएको छ । चेरी ब्राण्डको आधिकारिक बिक्रेता (एसपिजी अटोमोबाइलस प्रालि) अटोमोवाइलस व्यवसाय क्षेत्रमा लामो समयदेखिको अनुभवी कम्पनी हो । यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको साथै नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी ब्राण्ड इन्टरनेशनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने जनाएको छ । हाल चेरी ब्राण्डको वार्षिक ९,००,००० कार, इन्जिन र ४,००,००० ट्रान्समिसन उत्पादन क्षमता रहेको छ। चेरी ब्राण्डले पेसेन्जर, कमर्शियल सवारीसाधन को अतिरिक्त मिनी भ्यान पनि उत्पादन गर्दछ ।

चेरी ब्रान्डका एसेम्बल र पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देश फैलिएको छ । हाल विश्व बजारमा चेरी ब्राण्डका २० भन्दा बढी मोडलहरु बिक्रि भैइरहेको छन् भने कम्पनीले सुरक्षा,ऊर्जा बचत, र वातावरण (अनुकूलतालाई ध्यानमा राखि भविष्यमा दर्जन भन्दा बढी मोडलहरु सार्वजनिक गर्ने योजना बनाएको छ।

हालसम्म चेरी ब्राण्ड ले ८० भन्दा बढी देश र क्षेत्रहरूमा निर्यात गरेको छ। यसले १.८ मिलियन भन्दा बढी संचित निर्यात मात्रा सहित १,५०० भन्दा बढी बिक्री तथा सेवा आउटलेटहरू स्थापना गरेको कम्पनीले जनाएको छ ।

यो एक पंक्तिमा १८ वर्षसम्म चीनमा पेसेन्जर गाडीको सबैभन्दा ठूलो निर्यातकर्ता रहेको छ। सन् २०१२ मा चेरी र जगुआर ल्यान्ड रोभर मोटर्सले संयुक्त रूपमा चेरी जगुआर ल्यान्ड रोभर मोटर्स कम्पनी लिमिटेडको स्थापनामा लगानी गरेको थियो यो चीनको पहिलो सिनो-ब्रिटिश संयुक्त उद्यम अटोमोबाइल कम्पनी रहेको जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : २५ बजे

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न