अभिनेत्री नुसरतलाई ‘वर्टिगो अट्याक’ | Khabarhub Khabarhub

अभिनेत्री नुसरतलाई ‘वर्टिगो अट्याक’


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री नुसरत भरुचालाई ‘वर्टिगो अट्याक’ भएको छ । फिल्म ‘लभ रञ्जन’को सेटमा बेहोस भएपछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको थियो ।

उनी विगत ७ दिन यता निकै अस्वस्थ थिइन् । सुटिङ सेटमा उनी निकै असजिलोका साथ उभिएर कुराकानी गर्थिन् । उनलाई सेटबाट अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याउञ्जेलसम्म उनको परिवारलाई खबर गरिएको थिएन ।

फिल्मका निर्माताका अनुसार नुसरत २३–२४ दिनदेखि फिल्मको काम निकै राम्रो किसिमले गरिरहेकी थिइन् । तर अचानक रिंगटा चलेर लडेपछि सुटिङ रोकिएको थियो ।

फिल्मको काम अहिले किन पनि रोकिएको छ भने फिल्मका अधिकांश दृश्यमा नुसरत अनिवार्य हुनुपर्नेछ । अभिनेत्री नुसरतले आफूलाई तनावका कारण स्वास्थ्यमा समस्या आएको जानकारी डाक्टरले दिएको बताएकी छन् । उनले कोभिड महामारीले भावनात्मक, शारीरिक र आर्थिक रुपले जोकोहीलाई असर पारेको भन्दै त्यसको असर आफूमा पनि देखिएको खुलाइन् ।

नुसरतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भएको थियो । उनको रक्तचापमा घटबढ भएपछि उनलाई ह्विलचेयरमा राखिएको थियो । उनलाई डाक्टरले १५ दिन आराम गर्न सल्लाह दिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १२ : १० बजे

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्

विद्युत अवरूद्ध हुँदा काठमाडौं अन्धकार (तस्बिरहरू)

काठमाडौं – बिहीबार साँझ काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश