अभिनेत्री नुसरतलाई ‘वर्टिगो अट्याक’ « Khabarhub

अभिनेत्री नुसरतलाई ‘वर्टिगो अट्याक’


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री नुसरत भरुचालाई ‘वर्टिगो अट्याक’ भएको छ । फिल्म ‘लभ रञ्जन’को सेटमा बेहोस भएपछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको थियो ।

उनी विगत ७ दिन यता निकै अस्वस्थ थिइन् । सुटिङ सेटमा उनी निकै असजिलोका साथ उभिएर कुराकानी गर्थिन् । उनलाई सेटबाट अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याउञ्जेलसम्म उनको परिवारलाई खबर गरिएको थिएन ।

फिल्मका निर्माताका अनुसार नुसरत २३–२४ दिनदेखि फिल्मको काम निकै राम्रो किसिमले गरिरहेकी थिइन् । तर अचानक रिंगटा चलेर लडेपछि सुटिङ रोकिएको थियो ।

फिल्मको काम अहिले किन पनि रोकिएको छ भने फिल्मका अधिकांश दृश्यमा नुसरत अनिवार्य हुनुपर्नेछ । अभिनेत्री नुसरतले आफूलाई तनावका कारण स्वास्थ्यमा समस्या आएको जानकारी डाक्टरले दिएको बताएकी छन् । उनले कोभिड महामारीले भावनात्मक, शारीरिक र आर्थिक रुपले जोकोहीलाई असर पारेको भन्दै त्यसको असर आफूमा पनि देखिएको खुलाइन् ।

नुसरतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भएको थियो । उनको रक्तचापमा घटबढ भएपछि उनलाई ह्विलचेयरमा राखिएको थियो । उनलाई डाक्टरले १५ दिन आराम गर्न सल्लाह दिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १२ : १० बजे

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

एजेन्सी– चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट

‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक