मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे | Khabarhub Khabarhub

मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा गत आर्थिक वर्ष २०७७/७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये पाँच हजार ७७ पुरुष तथा पाँच हजार ९३६ महिला छन् ।

अघिल्लो आव २०७६/७७ को तुलनामा २०७७/७८ मा चार हजारभन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेको बताइएको छ । अघिल्लो आवमा सात हजार ९१८ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेका थिए । साथै सो कार्यालयले गत आवमा नौ हजार ४०० लाई प्रतिलिपि नागरिकता जारी गरेको थियो ।

यसैगरी उक्त कार्यालयबाट गत आवमा पाँच जनालाई वैवाहिक अङ्गीकृत नागरिकता र अघिल्लो आवमा नौ जनाले अङ्गीकृत वैवाहिक नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । सो अवधिमा कार्यालयबाट १०८ नाबालक परिचयपत्र जारी भएको थियो ।

त्यसैगरी उक्त कार्यालयमा विगत तीन वर्षको अवधिमा राहदानी लिनेको सङ्ख्यामा कमी आएको छ । गत आव २०७७/७८ मा राहदानी बनाउने साधारणतर्फ तीन हजार ७८० तथा द्रुत सिफारिसतर्फ एक हजार ९३१ रहेको जनाएको छ । राहदानी बनाउन दिएकामध्ये दुई हजार २०९ लाई राहदानी वितरण भएको छ । साथै एक हजार २५६ थान राहदानी वितरण गर्न बाँकी रहेको छ ।

आव २०७६/७७ मा चार हजार ३७४ ले साधारणतर्फ र द्रुततर्फ दुई हजार ९५१ ले राहदानी बनाउने सिफारिस भएको थियो । यस्तै आव २०७५/७६ मा राहदानी बनाउन पाँच हजार ९७२ को साधारण सिफारिस र पाँच हजार ९८ को द्रुत सिफारिस भएको थियो । विगत तीन आवको तुलना गर्दा जिल्लामा राहदानी बनाउनेको सङ्ख्या घट्दै गएको छ ।

जिल्लामा कोरोना सङ्क्रमणको कारण वैदैशिक रोजगारीमा जाने वातावरण नबनेको हुनाले राहदानी बनाउनेको सङ्ख्या कमी भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : १५ बजे

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले