लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन आवश्यक : माधव नेपाल « Khabarhub

लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन आवश्यक : माधव नेपाल


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

शनिबार ललितपुर महनगरपालिका – २ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता नेपालले राज्यको विभिन्न निकायको बीचमा अधिकार र कर्तव्यको सन्तुलन कायम गरेर संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

गणतन्त्र र संघीयतालाई संस्थागत गर्न र कानूनी शासनको प्रत्याभूति गर्नका लाग संविधान निर्माण भएको भन्दै संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको उनले बताए । देशमा जनता सुखी र मलुक समृद्धी होस् भन्ने सबैको चाहना रहेको उनको भनाइ छ ।

नेता नेपालले संघीय, प्रदेशीक र स्थानीय तहको संरचनाले सिंहदरबारमा केन्द्रित सेवा सुविधा नागरिकको घर घरमा पुराएकाले सबै जनताले यसको महशुस गर्ने गरी सबै तहले काम गर्नुपर्ने जिकिर गरे ।

त्यस्तै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर सार्वजनिक, प्रति र ऐलानी जग्गामा कुनै संरचना बनाउन नदिने नीति नै पारित गरेको बताए । उनले शंखमुलमा विद्युतीय शवदाह निर्माण गर्ने काम शुरु गरिसकेको जानकारी दिए ।

कार्यक्रममा वडा कार्यालयको भवन निर्माण गर्नका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ३० बजे

स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब

एजेन्सी– संयुक्त राज्य अमेरिकाका लागि बेलायतका राजदूत नियुक्तिसम्बन्धी विवादले प्रधानमन्त्री

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३

गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने

रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय

भुम्लुका २३५ किसानलाई अनुदानमा मिनीटिलर

धुलिखेल– यहाँको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ