‘भूमि आयोगलाई राजनीतिक प्रतिशोधको शिकार बनाइयो, अदालतले न्याय दिन्छ भन्नेमा ढुक्क छौँ’ « Khabarhub

‘भूमि आयोगलाई राजनीतिक प्रतिशोधको शिकार बनाइयो, अदालतले न्याय दिन्छ भन्नेमा ढुक्क छौँ’


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले खारेज गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुले अदालतले आफूहरुलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आयोग विघटनविरुद्ध अदालत गएको भन्दै आफूहरुले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका हुन् । पत्रकार सम्मेलनमा विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले तीन वर्षका लागि आयोग गठन गरेको र आयोगले काम गरिरहेकै बेला आयोग विघटन गर्नुको कारण सरकारले खुलाउनुपर्ने बताए ।

उनले लाखौँ परिवारको भविष्यसँग जोडिएको सरकारबाट स्थापित संरचनालाई राजनीतिक प्रतिशोधको शिकार बनाइएको आरोप लगाए । जिल्ला समितिहरु गठन भएको ६ महिना पुग्न लाग्दा र कोरोनाको दुवै लहरलाई सामना गर्दै आयोगले समस्यालाई टुङ्गोमा पुर्‍याउन इमान्दारीपूवर्क काम गर्दा सरकारले अनायासै आयोग विघटन गरेको ज्ञवालीले बताए ।

आयोगले २०७८ असार मसान्तसम्म भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका २ लाख ४७ हजार ९ सय ६० तथा अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ९ लाख ३२ हजार ८ सय १ गरी ११ लाख ८० हजार ७ सय ६१ परिवारको लगत संकलन गरेको उनले जानकारी दिए ।

उनले केही व्यक्तिको स्वार्थका लागि सरकारले आयोग विघटन गरेको र यसले वास्तविक भूमिहीन थप समस्यामा परेको धारणा राखे । ज्ञवालीले आयोगको भावनाविपरीत सरकारले काम गरेको र जनताको मौलिक हक स्थापित गर्न अदालत गएको र अदालतले न्याय गर्ने जिकिर गरे ।

तत्कालीन प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै २०७७ वैशाख ३ गते ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो । तर वर्तमान सरकारले उक्त आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ६ : ०१ बजे

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४

वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा