बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः अध्यक्ष प्रचण्ड


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उनले भने, “यो सरकारको साथ तपाईँहरुलाई छ, तपाईँहरुको दुःखको साथमा हामी छौँ, गठबन्धन सरकार छ ।”

अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक र मनाङमा १०० वर्ष यताकै ठूलो बाढी र पहिराले धेरै क्षति पुर्‍याएको उल्लेख गर्दै यसको समाधानका लागि भूगर्भविद्बाट अध्ययन गराएर दीर्घकालीन योजना बनाउने बताए । उनले भने, “तत्कालका लागि प्रभावित जनताको बसोबास र खाद्यान्न व्यवस्था गर्नेछौँ । दीर्घकालीनरूपमा पनि हामीले योजना बनाउने छौँ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायत जनप्रतिनिधिको टोलीले मनाङका पिसाङ, चामे, नासों गाउँपालिकाका विभिन्न वडाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : २० बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न