क्विक्स कप जेठबाट सञ्चालन गरिने « Khabarhub

क्विक्स कप जेठबाट सञ्चालन गरिने


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले विद्यालयस्तरीय प्रतियोगिता क्विक्स कप फुटबल जेठबाट शुरु गर्ने भएको छ । एन्फाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला स्तरको प्रतियोगिता जेठ २१ देखि असार ३१ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो ।

केही दिन अगाडि नेपालको प्रतिष्ठित चौधरी ग्रुप र एन्फाबीच क्विक्स कप छात्र–छात्रा प्रतियोगिता आयोजना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार प्रतियोगिताको मिति तय भएको एन्फाले उल्लेख गरेको छ । पहिलो पटक हुन लागेको प्रतियोगिता जिल्ला हुँदै प्रदेश र राष्ट्रिय स्तरमा सञ्चालन हुनेछ । एन्फाले जिल्लास्तरीय प्रतियोगिता जेठ २१ देखि असार ३१ सम्म सञ्चालन हुने जनाएको छ भने साउन १९ देखि ३२ गतेसम्म प्रदेशस्तरीय र आश्विन १ देखि ११ गतेसम्म राष्ट्रियस्तरको प्रतियोगिता हुने जानकारी दिएको छ ।

काठमाडौ, भक्तपुर तथा ललितपुरमा हुने प्रतियोगिता एन्फा आफैले सञ्चालन गर्नेछ । अन्य जिल्लामा भने सम्बन्धित जिल्ला फुटबल संघले प्रतियोगिता सञ्चालन गर्नेछन् । जिल्ला विजेताले प्रदेशस्तरीय प्रतियोगिता र प्रदेशको विजेताले राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : ५६ बजे

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास