एमाले केन्द्रीय कमिटी बैठक स्थगित, पार्टी  एकताको प्रयत्न गरिने « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, पार्टी  एकताको प्रयत्न गरिने


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारका लागि सारिएको छ ।

नेपाल-खनाल समूहले एकताका लागि बैठक रोकेर संवादमा जुट्न आग्रह गरेपछि केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो । विधान महाधिवेशनको तयारी भन्दै आज बैठक बस्ने तय भएको थियो ।

एमालेको स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको मिति तोक्नेलगायतका निर्णय गरिसकेको छ । अबको केन्द्रीय कमिटी बैठकमा  विधान अधिवेशनको तयारीबारे छलफलको एजेण्डा छ ।

संस्थापन पक्षले सहमतिको प्रयास नगरेको भन्दै नेपाल पक्षले समेत गत बिहीबार र शुक्रबार केन्द्रीय कमिटी बैठक गरेको छ । बैठकले समान आधारमा एकताका लागि संस्थापन पक्षसँग संवाद गर्नेलगायतका निर्णय गरेको थियो ।

तर, संस्थापन पक्ष अझै पनि एकताका लागि अग्रसर नभएको भन्दै नेता नेपालले अध्यक्ष ओलीलाई ‘सुध्रिने’ मौका भन्दै एकताका लागि सात दिनको समय दिएका छन् ।

संस्थापन पक्षले आजको बैठक स्थगित गरेपछि दुबै पक्षका नेताहरु आज आन्तिरक तथा बहुपक्षीय छलफलमा जुट्दैछन् । विघटित कार्यदलका सदस्यहरु आज पनि औपचारिक एवं अनौपचारिक छलफलमा बस्दैछन् । दुबै पक्षबीचको छलफलले सकारात्मक दिशा लिए अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुन सक्ने तामाङले बताए ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टीका बैठक अघि बढाएको भन्दै नेपालसँग ओली सकारात्मक छैनन् ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ४० बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा