बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच « Khabarhub

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालयस्तरमा स्वास्थ्यकर्मीको टोली खटाएर छात्राको रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्ने र आवश्यक परामर्श तथा उपचार दिने नमुना अभियान थालेको हो ।

गाउँपालिका उपाध्यक्ष निर्मला रोकायका अनुसार मातृ मृत्युदर घटाउने तथा गर्भवती अवस्थाका जटिलता समयमै पहिल्याउने उद्देश्यले गाउँपालिकाले आन्तरिक स्रोत जुटाएर निः शुल्क ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा पनि सञ्चालनमा ल्याइएको छ । 

भिडियो एक्सरेमा जोखिम देखिएमा स्वास्थ्यकर्मीले तत्काल विशेषज्ञ अस्पतालमा प्रेषण (रेफर) गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । यसबाहेक सुत्केरी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा तथा बर्थिङ सेन्टरमा प्रयोगशाला सुविधा विस्तार गरिएको छ ।

बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीका अनुसार बैजनाथका आठ वटै वडामा स्वास्थ्य संस्था क्रियाशील छन् । बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको टोली कार्यरत छ भने चिसापानी, नौवस्ता र टिटिहिरियामा स्वास्थ्य चौकी तथा अन्य वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित रहेका उनले जानकारी दिए । सङ्क्रमण तथा विपद् व्यवस्थापनका लागि पालिका र वडास्तरमा ‘रेपिड रेस्पोन्स टिम’ समेत परिचालन गरिएको छ ।

सामाजिक विकास समिति संयोजक भूमिसरा रानाले सीमान्तकृत वर्ग, आमा र शिशुको स्वास्थ्य सुधारका लागि आधुनिक प्रविधि र घरदैलोमै पुग्ने स्वयंसेविकामार्फत गुणस्तरीय सेवा प्रवाह भइरहेको बताए।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  २ : २६ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा