विकासका काममा भएको ढिलासुस्ती छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग « Khabarhub

विकासका काममा भएको ढिलासुस्ती छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङले विकास निर्माणका काममा ढिलासुस्ती र अनियमितता हुने गरेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताए ।

राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य गुरुङले विकास निर्माणको काममा ढिलासुस्ती हुने गरेको बताए । समयमै आयोजना सम्पन्न नहुने र समय थप्दै जाँदा आर्थिक व्ययभार पनि बढ्दै जाने गरेको उनले उल्लेख गरे ।

उनले विकास निर्माणमा भएका काम कारबाहीहरूको प्रगति हेर्न विभिन्न ऐन, नियम र संयन्त्र भए पनि प्रभावकारी काम गर्न नसकेकाले राष्ट्रिय सभाले सर्वदलीय समिति बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘१५ औं राष्ट्रिय योजनाले तयार गरेको डकुमेन्ट छन्, विकासका नीतिहरू छन्, कार्यक्रमहरू छन् । वार्षिक कार्यक्रमहरू छन् । ती सबै कुराको अनुगमन, मुल्यांकन गर्नको लागि अब राष्ट्रियसभाको तर्फबाट सबै राजनीतिक दलहरूको सहभागितामा एउटा विशेष समितिको निर्माण गरौँ । त्यो विशेष समितिले आर्थिक वर्षको ३ महिना भित्रमा विगत वर्षको सम्पूर्ण कुराहरूको अध्ययन, अनुगमन, मूल्यांकन गरेर, त्यसलाई यो राष्ट्रिय सभामा प्रस्तुत गरेर यहाँ व्यापक त्यसलाई छलफल गरौँ ।’

उनले विकास निर्माणको कामको सम्बन्धमा प्रदेश र स्थानीय स्तरमा बेरुजु रकम खरबौँ पुग्न लागेको बताए । ती बेरुजुलाई व्यवस्थापन गर्ने कानूनी प्रवन्धको पनि अभाव भएको भन्दै उनले सरकार र कर्मचारीतन्त्रको कार्यशैलीमा रुपान्रण गर्नुपर्ने जरुरी रहेको बताए ।

उनले भने, ‘आज हामी संघीयता कार्यान्वयनको क्रममा छौँ । यो संघीयता कार्यान्वयनको चरणमा प्रदेशस्तरबाट, स्थानिय स्तरबाट, दर्जनौं दर्जन योजनाहरू सञ्चालन भएका छन् । ती आयोजना सञ्चालन गर्ने क्रममा आज खरबौँ बेरुजुको चाङ खरबौँमा पुग्न लाग्यो भनेर रातो घण्टी बजिरहेको अवस्था छ । ती बेरुजुहरूलाई व्यवस्थापन गर्ने कानूनि प्रवन्धको पनि अभाव छ । कसरी हाम्रो कार्यशैलीहरूलाई रुपान्तरण गर्ने ? हाम्रो कर्मचारीतन्त्रको कार्यशैलीलाई रुपान्तरण गर्नुपर्ने भएको छ । सरकारको कार्यशैलीलाई रुपान्तरण गर्नुपर्ने भएको छ ।’

उनले विकास निर्माणको कामको एक पैसा बजेट पनि खेर नजाने गरी सदुपयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  २ : ०० बजे

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या