अवैध हतियारले सुरक्षा चुनौती « Khabarhub

अवैध हतियारले सुरक्षा चुनौती


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेका ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ । खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दै गएको हो । विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

खुला सिमाना रहेकाले बाँकेमा भारतबाट अवैध रुपमा साना हतियार ल्याएर आपाराधिक घटना घटाउने र यहाँबाट अन्य जिल्लामा लगेर बिक्री गर्ने गरेको पाइएकाले त्यसलाई निस्तेज पार्न सुरक्षाकर्मी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार तीन दिनअघि मात्रै बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिका–६ दोन्द्रा गाउँमा अवैध हातहतियारको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा भरुवा बन्दुक, त्यसमा लाग्ने तीन थान छर्रा र कटुवा पेस्तोलसहित छोटेलाल राढलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अवैध हतियार कारोवारमा संलग्न व्यक्तिलाई आफ्नो सुरक्षा संयन्त्र परिचालन गरेर बेलाबखत अवैध हतियारसहित पक्राउ गर्ने गरेको छ । पक्राउ गरेका व्यक्तिलाई दर्ता गरेको मुद्दाका आधारमा पनि बाँकेमा अवैध हतियारको कारोवार वर्षेनि बढ्दै गएको पाइएको छ ।

बाँकेमा विगत तीन वर्षको अवधिमा हातहतियार तथा खरखजाना मुद्दा बढ्दो क्रममा रहेको छ । यहाँस्थित नेपाल–भारत अन्तर्राष्टिय सीमा जमुनाह नाका औपचारिक रुपमा बन्द रहेको समयमा समेत अवैध हतियार पक्राउ पर्ने र त्यससम्बन्धी दर्ता हुने मुद्दा बढेको पाइएको छ ।

बाँकेमा आर्थिक वर्ष २०७५/७६ मा र आर्थिक वर्ष २०७६/७७ अवैध हतियारका पाँच मुद्दा दर्ता भएकामा गत आर्थिक वर्ष २०७७/७८ मा बढेर १४ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ४ : २० बजे

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,