सरकारले खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने | Khabarhub Khabarhub

सरकारले खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ ।

सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै कांग्रेस महामन्त्री समेत रहेका कार्यदल संयोजक पूर्णबहादुर खड्काले कोरोनाकालमा भएका अनियमितताबारे छानबिन गर्ने बताएका हुन् ।

सत्तारुढ दलले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै खड्काले भ्रष्टाचारको छानविन गर्नेसँगै आगामी असोजभित्र एकतिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप दिइने समेत सरकारको लक्ष्य रहेको बताए ।

कालापानी र लिपुलेकका बारेमा कुटनीतिक माध्यमबाट समस्याको समाधानका लागि पहल गर्ने, राष्ट्रिय हितविपरीतको सन्धी सम्झौताका बारेमा पुनरावलोकन गर्ने लगायत सरकारको प्राथमिकता रहेको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ५ : १० बजे

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ?

नेपालको संविधानमा पूर्वराष्ट्रपतिहरूको भूमिकाबारे स्पष्ट व्यवस्था छैन । विश्वका केही

झापामा डेंगु बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान 

बनियानी– गत वैशाखयता जिल्लामा डेंगु  सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट

बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

धनगढी– बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

प्रधानमन्त्रीद्वारा वृक्षरोपण महाअभियान शुभारम्भ (तस्बिरहरू)

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय वृक्षरोपण दिवसको

औद्योगिक क्षेत्र विस्तारमा कानुनी अड्चन प्रमुख बाधक : मन्त्री भण्डारी

धनगढी– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक