यस्तो छ संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ) « Khabarhub

यस्तो छ संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।

सिंहदरबारमा आइतबार अपराह्न आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई तथा जसपाका उपाध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

सरकारको साझा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।

सरकारको प्राथमिकतामा कोरोनाविरूद्ध चैतभित्र सबै नेपालीलाई नि:शुल्क रूपमा खोप दिने उल्लेख छ। यस्तै केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छानबिन गरी कारबाही गरिने कार्यक्रम पनि समावेश छ।

यसैगरी संविधानको सर्वोच्चता कानूनी राज्यको प्रत्याभुति दिने, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरुसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने लगायतका विषय प्राथमिकतामा राखिएका छन् ।

हेर्नुस् संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ५ : ३३ बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा