अनलाइन कक्षा पढाएको शुल्क आधा लिन विराटनगर महानगरको निर्देशन « Khabarhub

अनलाइन कक्षा पढाएको शुल्क आधा लिन विराटनगर महानगरको निर्देशन


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगर महानगरपालिकाले अनलाइन कक्षामार्फत अध्यापन गराउने निजी स्कुलहरुले विद्यार्थीका अभिभावकबाट आधा मात्र शुल्क लिन निर्देशन दिएको छ ।

विद्यार्थीका अभिभावकहरु निजी स्कुलले मनपरी शुल्क मागेको भन्दै गुनासो गरेपछि शुल्क निर्धारण गरिएको महानगरपालिकाको शिक्षा विभाग प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए ।

महानगरपालिकाले कोभिड–१९ का कारण बन्द रहेको तर अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट समान्य अवस्थामा तोकिएको शुल्कको ५० प्रतिशत मात्रै लिन भनेको हो ।

विद्यालयले अनलाईन शुल्क कति लिने भन्ने कानूनी व्यवस्था नभएको र कोरोना महामारीमा अभिभावकहरुले पुरै शुल्क तिर्न नसक्ने भन्दै गुणासो गरेपछि शुल्क निर्धारण गरिएको उनले बताए ।

उनका अनुसार अभिभावकलाई राजी गराउन सक्ने निजी स्कुलहरुले भने पुरै शुल्क लिन पाउँने छन् । तर अभिभावकको सहमति विना आफुखुशी शुल्क लिने र विद्यार्थीलाई पुरै शुल्क लिन दवाब दिने विद्यालयहरुले भने आधा मात्र शुल्क लिनुपर्ने उनको भनाइ छ ।

महानगरको निर्देशन विपरीत कार्य गरेको पाइएमा कानूनी कारबाही गरिने समेत महानगरले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : ३० बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा