निषेधको राजनीतिले कसैको भलो हुँदैन : प्रदेश प्रमुख शेरचन | Khabarhub Khabarhub

निषेधको राजनीतिले कसैको भलो हुँदैन : प्रदेश प्रमुख शेरचन


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सबै दलहरुलाई सहमति र सहकार्य गरेर प्रदेशमा देखिएको राजनीतिक समस्या समाधान गर्न आग्रह गरेका छन् ।

आइतबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयको तेस्रो स्थापना दिवस स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै शेरचनले निषेधको राजनीतिले कसैको भलो नहुने भन्दै प्रदेशमा देखिएको राजनितिक जटिलता समाधान गर्न सबै दलहरुलाई सहमति र सहकार्य गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

शेरचनले अहिले देखिएको समस्या समाधान गर्न संवैधानिक बाटो रोज्नुको विकल्प नभएको तर्क गरे । संवैधानिक बाटोमा जादाँ अल्पमत,बहुमत देखिनुु स्वाभाविक रहेको बताउदै शेरचनले सबैले कसैसगँ पूर्वागह्र नराखी संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख शेरचनले आफुलाई सत्तापक्ष वा प्रतिपक्ष कसैले टाढाको रुपमा नहेर्न समेत आग्रह गरे । उनले  नीतिगत भष्टाचार होस् या जेसुकै भ्रष्टाचार होस् यसको अन्त्यका लागि आफू लागिपर्ने बताए ।

कार्यक्रममा सुशासनका बाधक भ्रष्टाचार नामक स्मारिका विमोचन गर्नुका साथै पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ३० बजे

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल