गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिए ।

गृहमन्त्रीले खाँणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको मानवीय सहयोगको उच्च प्रशंसा पनि गरे ।

भेटमा चिनियाँ राजदूत होउले नयाँ सरकारको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल–चीनबीचको सम्बन्ध धेरै पुरानो भएको भन्दै उक्त सम्बन्धलाई चीन निरन्तरता दिन चाहेको बताए । उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको पनि बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : ३१ बजे

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा 

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले

राज्य व्यवस्था समिति सभापतिको चुनाव भदौ ११ गते

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि

वीरगञ्जको नारायणी अस्पतालमा हैजा नियन्त्रणसम्बन्धी बैठक बस्दै

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल हैजाको सङ्क्रमण फैलिएको वीरगञ्जको

बेलायतमा कुलमानले भने- उज्यालो नेपाल अभियानमा साथ दिनुस्

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो

गाउँपालिकास्तरीय फुटबलमा झोङ र आर्चरीमा मुक्तिनाथ विजयी

मुस्ताङ– यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ स्थित फल्याकमा गाउँपालिकास्तरीय ‘प्रथम अध्यक्ष