काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम अघि बढाउन निर्देशन | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम अघि बढाउन निर्देशन


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काठमाडौँ उपत्यका र उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन पनि बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन निर्देशन दिएको हो ।

बैठकले काठमाडौं उपत्यकाका सहायक मार्गको निर्माण कार्य पनि छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी सहायक मार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि सरकारलाई समितिले निर्देश गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै बैठकले बजेट वक्तव्यमा समेटिएका कतिपय योजनाहरूको स्रोत सुनिश्चित नभएको प्रति ध्यानाकर्षण भएको भन्दै स्रोत सुनिश्चितताका आधारमा मात्र वार्षिक कार्य योजना बजेट वक्तव्यमा समेट्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको उनले बताइन् ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले पूर्वाधार मार्ग करिडोरसँग सम्बन्धित कानुनी सहजताका लागि काम सुरु भएको जानकारी दिए । उनले सहरी विकासको योजनालाई अघि बढाउन अन्य मन्त्रालयसँग पनि समन्वयनकारी भूमिका निर्वाह गर्ने जिकिर गरे ।

समिति सदस्यहरुले सहरी विकास आयोजनाहरूको गति सन्तोषजनक नरहेकाले यसलाइ सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : ४६ बजे

अनुदान उपलब्ध गराउन उखु किसानको माग

महोत्तरी– महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।