सञ्चालन भइरहेको त्रिविका परीक्षा स्थगित नहुने « Khabarhub

सञ्चालन भइरहेको त्रिविका परीक्षा स्थगित नहुने


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तालिका सार्वजनिक भएर हाल परीक्षा सञ्चालन भइरहेका कुनै पनि परीक्षा स्थगित नुहने जनाएको छ ।

आइतबार त्रिविमा बसेको परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको रजिष्टार पेशल दाहालले बताए ।

परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या थोरै र परीक्षा सकिने दिनपनि धेर्र नरहेकाले परीक्षालाई निरन्तरता दिने निर्णय गरिएको उनले बताए । परीक्षा तालिका सार्वजनिक नभएका र आगामी दिनमा हुने परीक्षाको विकल्पमा जान सक्ने गरि निर्णय भएको उनको भनाइ छ ।

त्रिविको अहिले सञ्चालन भइरहेको स्नातक प्रथम वर्षको परीक्षा साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ । कक्षा १२ को परीक्षा स्थगन भएसँगै त्रिविका परीक्षा के हुन्छन् भन्ने सबैमा अन्योलता रहेको थियो । जसलाई त्रिविको आजको निर्णयले प्रष्ट पारिदिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ३१ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक