महाधिवेशनको सुनिश्चितता खोज्दै पौडेल, डाके केन्द्रीय समिति बैठक « Khabarhub

महाधिवेशनको सुनिश्चितता खोज्दै पौडेल, डाके केन्द्रीय समिति बैठक

आजै जिल्ला सभापतिको भेला


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भदौमा तोकिएको महाधिवेशन पनि लगभग सर्ने  भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन् ।

आज अपराह्न ३ बजे महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा डाकिएको बैठकले महाधिवेशन सुनिश्चितता गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिने  एक नेताले जानकारी दिए ।

आजै नेपाली कांग्रेसको संस्थापन इतर समूहको जिल्ला समूहको भेला हुँदैछ । वरिष्ठ नेता पौडेल तथा कृष्ण सिटौला पक्षधर जिल्ला सभापतिहरुको बैठक दिउँसो ठमेलस्थित एक होटलमा बस्ने नेता जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।

बैठकले कांग्रेस महाधिवेशन समयमै गर्न वा विशेष अधिवेशन गरेर भए पनि पार्टीलाई अवैध हुनबाट जोगाउन सभापति शेरबहादुर देउवालाई दबाब दिइने उनले बताए ।

कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद हल हुन नसक्दा कांग्रेसको भदौमा हुने भनिएको महाधिवेशनका कार्यतालिका प्रभावित भएका छन् । अहिलेसम्म वडा तथा पालिकास्तरको अधिवेशन समेत नभएपछि कांग्रेसमा संस्थापन इतर पक्ष सभापति देउवासँग रुष्ट भएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ११ : २५ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई