दुई किलो चाँदीका गहनासहित पर्साबाट एक पक्राउ « Khabarhub

दुई किलो चाँदीका गहनासहित पर्साबाट एक पक्राउ


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब दुई किलो चाँदीका गरगहनासहित प्रहरीले पर्साको गन्नाथपुर गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पर्सा जगन्नाथपुर गाउँपालिका–२ बाट एक किलो ९७० ग्राम गहनासहित एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा जगन्नाथपुर–२ का १९ वर्षीय सोनुकुमार सोनार रहेका छन् ।

शंकास्पद रुपमा हिँडिरहेका उनीमाथि चेकजाँच गर्दा उनले बोकेको झोला भित्र चाँदीका गहना फेला परेको हो । सोनारलाई आश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डीएसपी खनाले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : ४५ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर