एमाले स्थायी कमिटी बैठक जारी, आजै केन्द्रीय कमिटी बैठक बस्दै « Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, आजै केन्द्रीय कमिटी बैठक बस्दै


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु उपस्थित यस बैठकले आजै दिउँसो ३ बजे बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक रोक्न माग गरिरहेका बेला संस्थापन पक्षले आफ्नो गतिविधि अगाडि बढाएको हो । यसअघि नेपालपक्षकै आग्रहमा बैठक केही दिन रोकिएपनि संवाद अगाडि नबढेपछि संस्थापनपक्ष अघि बढेको एमाले नेताहरुले बताएका छन् ।

आज स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेश गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ । भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : १० बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा