जनकपुर भन्सार कार्यालयमा थन्किए ७०० बढी सवारी साधन (फोटोफिचर) « Khabarhub

जनकपुर भन्सार कार्यालयमा थन्किए ७०० बढी सवारी साधन (फोटोफिचर)


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामस्थित भन्सार कार्यालयमा ७०० भन्दा बढी सवारी साधन थन्किएका छन् ।

लामो समयदेखि लिलामी नहुँदा ती सवारीसाधन कार्यालयको परिसरमै थन्क्याएर राखिएका हुन् । सवारीसाधन लिलामी नहुँदा उक्त सवारीहरु कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् ।

कार्यालय प्रमुख प्रमोद दासले करिव सात सयको संख्यामा सवारी रहेको जानकारी दिए । उनका अनुसार मोटरसाइकल, जीप, ट्रयाक्टर, टेम्पो लगायत सवारी साधन रहेका छन् । लिलामी गर्ने प्रकृया पुनः अगाडि बढाएको उनले बताए ।

भन्सार छलेर सामान ल्याउने, नियमविपरित लामो समयसम्म भारतीय गाडीलाई भन्सार नतिरी नेपालमा राख्ने, विभिन्न अपराधिक मुद्दामा संलग्न तथा चोरीका सवारी साधनहरु जिल्ला भन्सार कार्यालयको मातहतमा जिम्मा लगाइएको हो ।

लिलामी प्रक्रिया झन्झटिलो भएको हुँदा ती सवारीसाधन समयमै लिलामी हुन नसकेको उनले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ०१ बजे

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन