ईपीएलको ट्रफी सार्वजनिक (भिडियोसहित) « Khabarhub

ईपीएलको ट्रफी सार्वजनिक (भिडियोसहित)


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ ।

आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने ईपीएलको सोमबार ट्रफी सार्वजनिक गरिएको हो ।

आईसीसी क्रिकेट वर्ल्ड कपको ट्रफी बनाउने कम्पनीले नै ईपीएलको ट्रफी बनाएको आयोजकको भनाइ छ । ट्रफीका लागि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । यस पटक काठमाडौं किंग्स ११ ले पाकिस्तानका शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ ।

हेरौँ भिडियो

कोरोनाको महामारीमा पनि खेलकुदलाई उचाइमा पुर्‍याउन आफुहरु ईपीएलसंग जोडिएको व्यवसायी शेखर गोल्छाले बताए । उनले यो प्रतियोगिता नेपालकै ठूलो प्रतियोगिता भएको बताए ।

ईपीएलमा चितवन टाइगर्सले पनि पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरेको छ । २०२० मै हुने भनिएको ईपीएलको चौथो संस्करण कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट मान्यता प्राप्त ईपीएलमा विश्व क्रिकेटका नाम चलेका खेलाडी समेत सहभागीले आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : १५ बजे

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला