राजश्व विभागको स्टीकरसहित ३ भारतीय र २ नेपाली पक्राउ « Khabarhub

राजश्व विभागको स्टीकरसहित ३ भारतीय र २ नेपाली पक्राउ


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा आन्तरिक राजश्व विभागको स्टीकरसहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना भारतीय र दुईजना नेपालीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुमार र सोही ठाउँका २० वर्षीय रिङ्कु कुमार र २२ वर्षीय सुरेश कुमार छन् ।

यसैगरी रौतहटको गरुडा नगरपालिका–१ का ४० वर्षीय राजकुमार शाह र पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ५५ वर्षीय विजय गुप्ता पनि पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिकाबाट सुरुमा प्रहरीले ना ३२ क ६२८१ नम्बरको मोटरसाइकलमा दुई लाख ८८ हजार ६ सय ७४ वटा आन्तरिक राजश्व विभागको स्टीकर फेला पारेर संजित र रिङ्कुलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा गौरीगंगा नगरपालिका–७ को मसुरियामा रहेको वेष्टर्न लिकर्स प्रालीबाट ल्याएर कोठामा छाप लगाउन लगेको भन्ने सूचनापछि खानतलासी गर्दै त्यहाँ बस्ने थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त कोठाबाट प्रहरीले ७० युपी ३०० एमएल लेखिएको ३ थान छाप, ३ थान स्ट्याम्प प्याड र मसीसमेत बरामद गरेको छ । अहिले आन्तरिक राजश्व कार्यालय कैलालीसँगको समन्वयमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरेर अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

पक्राउ परेका पाँच जनासहित बरामद भएका सबै सामान आन्तरिक राजश्व कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : ५८ बजे

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र