डडेल्धुरामा डढेलोको प्रकोप, अधिकांश वनमा आगो « Khabarhub

डडेल्धुरामा डढेलोको प्रकोप, अधिकांश वनमा आगो


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- जिल्लकाअधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहुँदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका वनमा डढेलो बढी लागेको हो ।

डढेलो नियन्त्रण हुन नसक्दा स–साना बोटबिरुवा जलेर मर्नेलगायत जनावर र चराचुरुङ्गीमा समेत नराम्रो असर पर्ने गरेको छ । डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत प्रकाश जोशीका अनुसार स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको छ । सहायक वन अधिकृत जोशीले भने, ‘चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरवाहीपूर्ण तरिकाले जानीजानी आगो लगाइदिँदा वन डडेलो बढेको हो ।’

जनचेतनाको अभाव पनि देखिएको भन्दै उहाँले यो वर्ष डढेलो नियन्त्रणका लागि जिल्लाव्यापीरूपमा अभियान नै सञ्चालनमा ल्याइएका जानकारी दिए । आगो लगाउँदा जङ्गलमा घाँस राम्रोसँग पलाउने हुँदा जिल्लाका कतिपय स्थानमा उपभोक्ताले आगो लगाउने र आगो बढ्दै गएर वन विनाशको कारण पनि बन्ने गरेको पाइएको छ ।

झारपात सुक्ने मौसममा सानो आगोको झिल्कोका कारण लागेको लागो पनि महीना दिनसम्म वनमा देखिने गरेको छ । राजमार्ग छेउछाउका जङ्गलमा समेत अत्यधिक डढेलो लागेको छ ।

जिल्ला वन कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा कूल भूभागको ७५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजङ्गलले ओगटेको छ । एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वन फैलिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १० : ४० बजे

देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं– पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना

मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी

काठमाडौं -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले स्वर्गीय मदन भण्डारी र

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार