धरमघरमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध « Khabarhub

धरमघरमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ ।

राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो । आज बिहानै सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको छ । राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।

सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए ।

पहिरो पन्छाउने बित्तिकै फेरि पहिरो खस्ने गरेको छ । गत असारदेखि हालसम्म पहिरोका कारण उक्त क्षेत्रमा १५ पटकभन्दा बढी सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : २१ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट