धनुषामा कुटपीटबाट एक जनाको ज्यान गयो « Khabarhub

धनुषामा कुटपीटबाट एक जनाको ज्यान गयो


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा कुटपीटबाट एक जनाको मृत्यु भएको छ । कुटपीटबाट घाइते भएका क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाका ३५ वर्षीय ओम मल्लिक डोमको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

गएको साउन १८ गते राति १० बजे छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग उनको झगडा भएको थियो । झगडाकै क्रममा राकेशले ओमको पेटमा खुकुरी प्रहार गरेको आरोप लागेको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक बहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर लगतै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ४० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र