१३ वर्षको उमेरमै जब रीताले श्रीमान् गुमाइन « Khabarhub

१३ वर्षको उमेरमै जब रीताले श्रीमान् गुमाइन


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा- गतवर्ष असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएर रङ नम्बर भनेर फोन काटिन् । त्यसपछि त्यहि नम्बरबाट दैनिक फोन आउन थाल्यो । शुरुशुरुमामा धेरै कुराकानी नभए पनि पछि फोनमै चिजान भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो । रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन् ।

कुराकानी हुदैँ गर्दा उनीहरु बिवाह गर्नेसम्मको स्थिीतिमा पुगे । र बैशाख १३ गते बिवाह गरे । बिवाह गर्दा सुनिल १७ वर्षक थिए भने रीता जम्मा १३ वर्षकी । उनीहरुले भागेर विबाह गरे । बिवाह गरेको तीनदिनसम्म त रीताकी आमालाएै छोरीको बिवाह भएको कुरा थाहा नै थिएन । उमेर सानो भएपछि बिवाहपछि रीताको जिम्मेवारी बढ्न थाल्यो । उनले सकिनसकि त्यो जिम्मेवारी पुरा गरिरहेकी थिइन् ।

गत असोज ३ गते रीता र सुनिल बारीमा घाँस काट्न गएका थिए । रीतालाई बारीमै छोडेर सुनिल घर फर्किए । श्रीमानत नआएपछि रीताले घाँसको भारी पु¥याएर घर फर्किइन् । घरमा भित्रबाट चुकुल लगाइएको थियो । बाहिरबाट बोलाउँदा श्रीमानको आवाज नआएपछि उनी आत्तिइन् । झ्यालबाट कोठामा चिहाउँदा उनी छाँगाबाट खसेझैँ भइन् । त्यहाँ रीताका पति सुनिलले आत्महत्या गरिसकेका रैछन् ।

श्रीमानको मृत्युपछि रीता अहिले एकल जीवन बिताइरहेकी छन् । समाजमा पनि उनलाई ‘अलच्छिनी’ भन्दै घृणा गर्न थाले । रीता र सुनिलको बिवाह दर्ता भने भएको छैन । कानुनअनुसार उनीहरुको बिवाहक भएको देखिदैँन तर सामाजिक रुपमा भने भइसकेको छ । रीता १३ वर्षमानै एकल महिला बनेकी छन् । पतिको मृत्युपछि रीता माइत फर्केर ८ कक्षाको पढाई पुनः शुरु गरेकी छन् ।, नागरिक दैनिकमा समाचार छ

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ७ : ४५ बजे

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपीएलको दायरा, पारस भन्छन्- पर्यटनमा पनि सहयोग पुगेको छ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको