धार्मिक अन्धविश्वासको असर : एकै वडामा १६३ को बालविवाह « Khabarhub

धार्मिक अन्धविश्वासको असर : एकै वडामा १६३ को बालविवाह


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सरकारले जनचेतनाका नाममा करोडौंको बजेट खर्च गरेपनि समाजमा भने अझै पनि पूण्य कमाउने बालविवाह हुने गरेको पाइएको छ ।

सुदूरपश्चिममा अझै पनि धार्मिक अन्धविश्वासको असरका रुपमा बालविवाह कायमै छ । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको छ ।

एक गैरसरकारी संस्थाले ३ वर्ष लगाएर गरेको अध्ययनका अनुसार एकै वडामा १ सय ६३ बालविवाह भएको देखिएको हो । सामुदायिक विकास केन्द्र (सीडीसी) नामक संस्थाले लडागडामा ३ वर्षदेखि बालविवाहका सन्दर्भमा अध्ययन गरेको थियो ।

सीडीसीले सार्वजनिक गरेको तथ्याङ्कमा २०७३ सालमा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको उल्लेख छ । त्यस्तै विसं २०७३ वैशाखदेखि २०७५ चैत मसान्तसम्म १ सय ३३ बालिका र २७ बालकको बालविवाह भएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले जानकारी दिए ।

‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहैलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ,’ परियोजनाका जिल्ला संयोजक बडू भन्छन् ।

बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ । यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति ५, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ ।

परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा चाँडो विवाह गर्ने मान्यताका कारण बालविवाह हुने गरेको संस्थाले जनाएको छ । कतिपय अवस्थामा मेला पर्वमा पनि कम उमेरकै बालबालिकाहरुले भागेर विवाह गर्ने गरेको पनि संस्थाको अध्ययनबाट देखिन्छ ।

उक्त वडामा हालसम्म परिवारको दवाबले ३१, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरीबीले १, राम्रो घर परिवार पाउँदा ७, चाँडो विवाह गर्ने मान्यतामा ५, मेला पर्वमा १, भविष्य राम्रो हुने आशामा १ र अन्य ८० गरी जम्मा १६३ को विवाह भएको पाइएको जिल्ला संयोजक बडूले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ११ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै