मलेसियामा गैरकानुनी कामदारमाथि धरपकड, कसरी फर्कने स्वदेश ? | Khabarhub Khabarhub

मलेसियामा गैरकानुनी कामदारमाथि धरपकड, कसरी फर्कने स्वदेश ?



दोहा– तपाईं मलेसियामा गैरकानुनी (इलिगल) हुनुहुन्छ ? यदि हो भने चाडैँ स्वदेश फर्किने प्रक्रियामा जानुहोला नत्र कुनै पनि समय पक्राउ पर्नुहुनेछ ।

पछिल्लो समय मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई लक्षित गर्दै धमाधम धरपकड अभियान चलाएपछि दैनिक नेपालीसहित आप्रवासी कामदार पक्राउ पर्न थालेका छन् ।

शाह आलमस्थित एक कम्पनीमा सोमबार बिहान ११ बजे शुरु भएको धरपकडमा बेलुकासम्म केही नेपालीसहित १११ विदेशीलाई पक्राउ गरिएको मलेसियाली अध्यागमन विभागले जनाएको छ ।

जसमा १०६ पुरुष र ५ जना महिला छन् । पक्राउ परेका अधिकांशले कानुन विपरीत र भिसामा उल्लेख भएको भन्दा फरक कम्पनीमा काम गरेको पाइएको विभागले जनाएको छ। मलेसियाको कानुन अनुसार विदेशी कामदारले भिसामा उल्लेख भए अनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ।

मलेसियाले गैरकानुनी कामदारका लागि सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म अर्थात ३१ डिसेम्बरसम्मका पुर्‍याएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियाले दिएको समय जुन ३० मा सकिएको थियो । यो कार्यक्रम अन्तर्गत गैरकानुनी रुपमा बसेका बिदेशी कामदारले निश्चित प्रक्रिया पूरा गरेर मलेसियामै कानुनी भइ काम गर्न सक्ने वा सहुलियत दरको जरिवाना तिरेर आआफ्नो देश फर्किन पाउने छन् ।

कसरी फर्कने

यसघि मलेसियाको अध्यागमन विभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोईन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाउदै अबदेखि स्वदेश फर्कने अवैधानिक नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने दूतावासले जनाएको छ ।

गैरकानुनी रुपमा बसेका नेपालीले स्वदेश फर्कन कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइनको व्यवस्था गरेको पेपर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघि नै विमानस्थल पुग्नुपर्ने दूतावासकी द्वितीय सचिव यसु बस्नेतले जानकारी दिइन् ।

नगद कारोबार नहुने भएकोले अध्यागमन विभागमा तिर्नुपर्ने जरिवाना ५ सय रिङगेट क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नु पर्नेछ ।

पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउन दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।

नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा करिब ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।


तस्वीरहरू : अध्यागमन विभाग मलेसिया

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ८ : २६ बजे

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिन

स्वतन्त्रता दिवसको मौका पारेर मोदीले घोषणा गरे ‘सुदर्शन चक्र मिसन’

काठमाडौं– भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ

बनेपामा एक सय २३ वर्ष पुरानो ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३

वनसमिति-कसरौल सडक जोखिमपूर्ण, स्थानीय भन्छन्- कुनबेला रुख खसेर टाउकामा बजारिने हो पत्तो छैन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने

सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न

काठमाडौं– सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी)