‘मासु’ एपको सेवा शुरु « Khabarhub

‘मासु’ एपको सेवा शुरु


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ताजा र हाइजेनिक मासु डेलिभरीको लागि अनलाइन प्लाटफर्म ‘मासु’ले आफ्नो सेवा शुरु गरेको छ । ‘मासु’बाट सेवा लिन मोबाईल एप्लिकेशन र वेब ब्राउजरबाट अर्डर गर्न सकिने छ ।

मासुको हाइजिन कायम राख्नको लागि तथा बाह्य संक्रमणबाट जोगाउनको लागि भ्याकुम प्याकिङ गरी शुन्यदेखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजना सहित ‘मासु’ एप शुरु गरिएको बताईएको छ । यो एपलाई दुई युवाहरु विकास गिरी र विशाल रथ गिरीले सञ्चालनमा ल्याएका हुन् ।

‘हामीले ताजा र हाइजेनिक मासु समयमै उपलब्ध गराउँछौं, जुन कहिल्यै फ्रोजन भएको हुनेछैन । मासुलाई उपयुक्त तापक्रममा तयार तथा स्टोर नगर्ने हो भने ३० मिनेट भित्र मासुमा अत्याधिक ब्याक्टेरिया वृद्धि हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि घातक हुन सक्छ’, सञ्चालक गिरीले भने ।

गिरीका अनुसार ‘मासु’ले बेच्ने मासु ग्राहकको हातसम्म पुग्दा विभिन्न १२ प्रकारका गुणस्तर जाँच पास गर्नेछ ।

मासु अर्डर गर्नको लागि एन्ड्रोईड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट ‘मासु’ एप डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताको लागि छिट्टै एप स्टोरमा उपलब्ध हुने बताईएको छ भने वेब ब्राउजर मार्फत मासुको वेभसाइट बाट पनि अर्डर गर्न सकिनेछ ।

प्रारम्भिक चरणमा काठमाण्डौ उपत्यकामा १ सय २० मिनेटभित्र निशुल्क डेलिभर हुने गरी तयारी गरिएको गिरीले बताए । यो सेवा विस्तारै देशैभर पुर्याउने योजना रहेको उनले बताए । ‘मासु’ एप बाट खसीको मासु रु. १०५० देखि किन्न पाईने बताइएको छ । बुधवारदेखी प्रि अर्डर शुरु गरिने तथा श्रावण ३० गतेदेखि डेलिभरी सेवा शुरु गरिने सञ्चालक गिरीले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : ०५ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन