‘मासु’ एपको सेवा शुरु « Khabarhub

‘मासु’ एपको सेवा शुरु


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ताजा र हाइजेनिक मासु डेलिभरीको लागि अनलाइन प्लाटफर्म ‘मासु’ले आफ्नो सेवा शुरु गरेको छ । ‘मासु’बाट सेवा लिन मोबाईल एप्लिकेशन र वेब ब्राउजरबाट अर्डर गर्न सकिने छ ।

मासुको हाइजिन कायम राख्नको लागि तथा बाह्य संक्रमणबाट जोगाउनको लागि भ्याकुम प्याकिङ गरी शुन्यदेखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजना सहित ‘मासु’ एप शुरु गरिएको बताईएको छ । यो एपलाई दुई युवाहरु विकास गिरी र विशाल रथ गिरीले सञ्चालनमा ल्याएका हुन् ।

‘हामीले ताजा र हाइजेनिक मासु समयमै उपलब्ध गराउँछौं, जुन कहिल्यै फ्रोजन भएको हुनेछैन । मासुलाई उपयुक्त तापक्रममा तयार तथा स्टोर नगर्ने हो भने ३० मिनेट भित्र मासुमा अत्याधिक ब्याक्टेरिया वृद्धि हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि घातक हुन सक्छ’, सञ्चालक गिरीले भने ।

गिरीका अनुसार ‘मासु’ले बेच्ने मासु ग्राहकको हातसम्म पुग्दा विभिन्न १२ प्रकारका गुणस्तर जाँच पास गर्नेछ ।

मासु अर्डर गर्नको लागि एन्ड्रोईड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट ‘मासु’ एप डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताको लागि छिट्टै एप स्टोरमा उपलब्ध हुने बताईएको छ भने वेब ब्राउजर मार्फत मासुको वेभसाइट बाट पनि अर्डर गर्न सकिनेछ ।

प्रारम्भिक चरणमा काठमाण्डौ उपत्यकामा १ सय २० मिनेटभित्र निशुल्क डेलिभर हुने गरी तयारी गरिएको गिरीले बताए । यो सेवा विस्तारै देशैभर पुर्याउने योजना रहेको उनले बताए । ‘मासु’ एप बाट खसीको मासु रु. १०५० देखि किन्न पाईने बताइएको छ । बुधवारदेखी प्रि अर्डर शुरु गरिने तथा श्रावण ३० गतेदेखि डेलिभरी सेवा शुरु गरिने सञ्चालक गिरीले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : ०५ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही