महाधिवेशनको विकल्प छैन : नेता केसी « Khabarhub

महाधिवेशनको विकल्प छैन : नेता केसी


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको चौधौँ महाधिवेशनको विकल्प नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाधिवेशन समयमा नभए पार्टीको वैधानिकताको प्रश्न उठ्ने भएकाले तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने बताए ।

अहिले तोकिएको अवधिमा महाधिवेशन सम्पन्न हुन नसक्ने भन्दै उनले कांग्रेसको विशेष महाधिवेशन गरेर भए पनि वैधानिकता जोगाउनुपर्ने बताए ।

क्रियाशील सदस्यताको विवाद मिलाएर महाधिवेशनमा जानुपर्ने भन्दै उनले सहमतिका लागि भए पनि विशेष महाधिवेशन गर्नुपर्ने बताए ।

कांग्रेसको वैधानिकताको विषयमा कसैले पनि प्रश्न उठाउन नहुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । कोरोनाको नयाँ भेरियन्ट भित्रिएसँगै जोखिम बढेको हुँदा अहिलेको अवस्थामा पार्टीको शीर्ष तहले विशेष अधिवेशनको विकल्पबारे सोच्नुपर्ने उनको भनाइ थियो ।

एमसीसी संशोधन गरेर मात्र पारित गर्नुपर्ने केसीको सुझाव थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ०१ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक